विकास संगै राजनिती आफ्नो एजेन्डा -ढुङ्गाना

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १५, २०७३

प्रमोद भट्ट,
धादिङ मैदी कात्तिक १५ । नेपाली कांग्रेस मैदीको आयोजनामा शुभ दिपावली तथा छठ पर्वको अबसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मंगलबार नेपाली कांग्रेस धादिङका नेता तथा कार्यक्रमका प्रमुख अतिथी भिमप्रसाद ढुङ्गाना ले मैदीले नेपाली एक भएको सन्देश दिएको बताउदै बिकास संगैको राजनिती आफ्नो एजेन्डा भएको बताउनु भएको थियो ।

मैदीलाई विकासका हरेक पक्षमा आफुले समेट्दै आएको बताउदै अझै मैदीको विकासमा आफु कटिबद्ध भएको बताउनु भयो ।
कार्यक्रममा नेपाल महिला संघको केन्द्रीय सदस्य कबिता ईटनीको बिशेस आतिथ्यता रहेको थियो ।

त्यस्तै नेपाली कांग्रेस ढोलाको पुर्व सभापती कृष्ण दुवाडी , नेविसंघ धादिङ का पुर्व अध्यक्ष दिपक कोईराला, नेविसंघ धादिङ अध्यक्ष ईश्वर अधिकारी लगायतको उपस्थीती रहेको थियो । कार्यक्रम मैदी गाउ कार्य समीतीका सभापती रणबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।