किसानलाई पेन्सेनको ब्यबस्था गरिने -मन्त्री तामाङ

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १४, २०७३

धादिङ मैदी कात्तिक १४ । किसानलाई पेन्सेनको ब्यबस्था गरिने, नेपाल सरकारका कृषि राज्य मन्त्री राधिका तामाङले बताउनु भएको छ ।
शहिद बिसो स्मृति प्रतिष्ठानले आईतबार मैदी गाविस स्थित सातदोबाटोमा आयोजना गरेको दिपावली विशेष साँस्कृतिक कार्यक्रम मन्त्री तामाङले सो कुरा बताउनु भएको हो ।

किसानलाई कसरी अधुनिक कृषि प्रणालीमा लाने र किसानलाई कसरी दिर्घकादिन सम्बोधन गर्न सकिन्छ आफ्नो जोड त्यता रहेको बताउनु भएको थियो । किसानलाई पेन्सनको व्यवस्था गर्न केहि कानुनी अड्चन भएकोले अड्चन हटाउने बारे सरकार सकारात्मक रहेको बताउनु भएको थियो ।

नेपाल सरकारका कृषि राज्य मन्त्री राधिका तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका पोलिट ब्युरो सदस्य एवं इन्चार्ज शालीग्राम जमरकट्टेलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सह इन्जार्च एवम् जनयुद्धका ज्यूँदा सहिद रामबहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।