धादिङ कात्तिक १४ गते । नयाँ शक्ति नेपालका केन्द्रिय कार्यालय सदस्य तथा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले आर्थिक समृद्धिका लागि नयाँ शक्तिको उदय भएको बताउनु भएको छ ।
नयाँ शक्ति पार्टी नेपाल, पिडा काठमाडौ सम्पर्क संयन्त्रले गजुरी पिडा उमाबिको मैदानमा आज आयोजना गरेको बृहत साँस्कृतिकमा बोल्दै पौडेले यस्तो बताउनु भएको हो ।
पुराना चिन्तन र व्यवहार बोकेका दलहरुबाट आर्थिक समृद्धि संभव नभएको बताउँदै पौडेलले देशैभरी अर्थिक समृद्धिको लागि नयाँ शक्ति उदयमान भएर चम्किरहेको बताउनु भएको थियो ।
नयाँ शक्तिको जनमत देखेर केहि तप्काहरु नयाँ शक्तिको बद्नाम गर्दै हिडेको र त्यस्लाई आफुहरुले गम्भिरताका साथ नलिएको बताउँदै पौडेलले अब मुलुकमा दिगो आर्थिक विकास समृद्धि नयाँ शक्ति भन्दा अरु दलबाट संभव नभएको बताउनु भयो ।
कार्यक्रममा नयाँ शक्ति केन्द्रिय कार्यालय सदस्य तथा विद्यार्थी उत्पेरक राजु नेपाल जिल्ला स्थित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दिपावलीको अवसरमा आयोजित उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको नयाँ शक्ति पार्र्टी नेपाल केन्द्रिय परिषद् सदस्य राम ढकालले धादिङपोष्टलाई बताउनु भयो ।