धादिङ कात्तिक १४ गते । धादिङको दक्षिणि क्षेत्रमा पर्ने पिडा गाविसमा भएको साँस्कृतिक कार्यक्रमा नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देवेन्द्र पौडेल सुनिल आउनु भएको छ ।
नयाँ शक्ति पार्टी नेपाल, पिडा काठमाडौ सम्पर्क संयन्त्रले गजुरी पिडा उमाबिको मैदानमा दिपावली को अवसर पारि गरेको बृहत साँस्कृतिक उद्घाटन गर्न पौडेल पिडा आउनु भएको हो ।
संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र केन्द्रिय कार्यालय सदस्य तथा विद्यार्थी उत्पेरक राजु नेपालको सहित नयाँ शक्ति धादिङका नेता तथा कार्यकर्ता उपस्थित उक्त साूकृतिक कार्यक्रममा स्थानिय बासीहरुको उल्लेख्य उपस्थिति रहेको छ । सोचे भन्दा नी बढी जनसमुदायको उपस्थिति रहेको छ, स्थानियहरु आउने क्रम जारी र नेता देवेन्द्र पौडेलको भाषण अझै बाँकी रहेकोल दर्शकहरुको संख्या अझै बढ्ने नेता राम ढकालले धादिङपोष्टलाई बताउनु भयो ।