काठमाडौं । दशै पछि नेपालीहरुको ठूलो महान् चाड तिहारको पावन अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति धादिङले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
धादिङ जिल्लाका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त देउसी भैलो कार्यक्रममा काठमाडौको ठमेलमा आयोजना गर्न लागिएको हो ।
विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यत्र,ममा साथ तिहार संस्कृति झल्किने देउसी भैलो नृत्यको माध्यमबाट भैलो कार्यक्रमआज दिनको ठिक १ बजेबाट सुरु हुने प्रतिष्ठान धादिङका अध्यक्ष हिमाल घलेले धादिङपोष्टलाई बताउनु भयो ।