आज लक्ष्मी पुजा, यसको महत्व

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १४, २०७३

धादिङबेसी कार्तिक १४ । दशै पछिको नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।

घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै, गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ ।

अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजा सकेपछि घरघरमा अज हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ ।