विकास भण्डारी,
धादिङ नौविसे कार्तिक १३ । नेपाल सरकारका शिक्षा मन्त्री धनिराम पौडेलले भुकम्प पिडितहरुले अहिले सम्म पनि आवास निर्माणको पहिलो किस्ताको रकम नपाउनु दुखद भएको बताउनु भएको छ ।
सरकारले सम्बिधित निकायलाई तत्काल अनुदान राहात वितरण गर्न निर्देशन गरे पनि सबै भुकम्प पिडितहरुले आवास निर्माणको पहिलो किस्ताको रकम नै पाउन नसकेको स्वीकार्दै अव गाउँ-गाउँ मै घुम्ती शिविर खडा गरि अनुदान वितरण गरिने बताउनु भएको हो ।
आज नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र धादिङ ३ नं. निर्वाचन क्षेत्र द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम बोल्दै मन्त्री पौडेलले सरकारले तिहार लग्गतै सबै भुकम्पपिडितहरुलाई पहिलो चरणको अनुदान रकम वितरणका लागि सहज कसरी बनाउने भनेर छलफल भएको बताउँदै घुम्ती शिविर पहिलो विकल्प भएको बताउनु भएको थियो ।
दिपावली , नेपाल संबत 1137 र छठको उपलक्ष्यमा नौबिसे गा.वि.स वडा नं.१ चालिसे बजारमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ता स्थानिय सर्वसाधरणहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।