यमपञ्चकको आज दोस्रो दिन कुकुर तिहार मनाईदै

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १३, २०७३

धादिङ कात्तिक १३-

dog

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाईंदैछ । कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने चलन छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास छ ।

यसरी बत्ती बालेर बगाउनालाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन बेलुका घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर नुहाउने चलन समेत छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधि समेत रहेको छ ।