ठमेलबाट जुवा खेलिरहेको अवस्थामा धादिङका दुई युवा पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १२, २०७३

धादिङ कात्तिक १२-
kauda
काठमाण्डौको ठमेलबाट धादिङका २ युवासहित १३ जना जुवा खेलिरहेको अवस्थामा पक्राउvपरेका
छन ।

हिमालय होटलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले छापा मारेर ६ लाख १९ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिएको ठाउँबाट विदेशी मुद्रा पनि बरामत गरेको प्रहरीले जनाएको छ ।

विदेशी मुद्रामा जापानिज ऐन एक लाख, अष्ट्रेलियन डलर २ सय २०, ओमन रिङ्कन डलर ७ सय २५ र जुवा खेल्न प्रयोग भएको १६ थान कौडा पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल संचालक धादिङका ध्रुव अधिकारी, गोरखा घरभई गोगंबु बस्ने सुजन अधिकारी र रामप्रसाद सिमखडा, नयाँबजार बस्ने सन्तोष अधिकारी, गल्फुटार बस्ने मिलन थापा, रसुवा भर भई शेषमती बस्ने प्रकाश अधिकारी, मोरङ घर भएका पुस्कर घिमिरे छन् ।
त्यस्तै चितवान घर भई बालाजु बस्ने कुमार थपलिया, काठमाडौं लाजिम्पाटका समित गुरुङ, धादिङका जीवन अधिकारी, माठमाडौं मनमैजुका किसन थापा, गोकर्णेश्वरका शेरबहादुर खड्का तथा गोरखा घरभएका अमृत क्षेत्री पनि पक्राउ परेका छन् ।

तिहार लागेसँगै विभिन्न ठाउहरुमा लुकिछिपी जुवातास खेल्ने गरेको प्रहरीले जनाएको छ । केहि समयअघि पनि धादिङको विभिन्न स्थानहरुबाट जुवा खेलिरहेको अवस्थामा दर्जन भन्दा वढि व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेका थिए ।