क्रसर बन्द भएपछि, बालुवा, गिट्टीको मूल्य बढ्यो

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १२, २०७३

giti-baluwaहरिहर राठौर,
धादिङ, कार्तिक १२ । नेपाल सरकारले खोला तथा खानीमा उत्खनन् गर्ने र क्रसर उद्योगलाई मापदण्ड पुरा नगरेको भन्दै सञ्चालनको लागि म्याद नथपे पछि जिल्लाका २६ वटा क्रसर उद्योगहरु बन्द भएका छन् ।

सबै भन्दा बढी क्रसर उद्योगहरु रहेको क्षेत्र खानी खोला प्रहरीले बिहीबार नै १० वटा उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

प्रहरीले जिल्ला विकासको आदेस भन्दै ‘पुरानो जम्मा गरेको ढुङ्गाबाट पनि रोडा र गिट्टी उत्पादन गर्न नदिई आजबाट सबै उद्योग बन्द गर्‍यो ।

अरु गत १ गते देखि नै बन्द भएका थिए,’ क्रसर उद्योग व्यवसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मीले भने । बालुवा प्रशोधन गर्ने फिरफिरे भने हाललाई सञ्चालन गर्न दिइएको छ ।