सरगम राना,
धादिङबेसी कात्तिक ११ । तिहार नजिकै सँगै गाउँघरमा तोरी पेल्ने चटारो बढेर गएको छ । तेल पेल्न सदरमुकाम गाउनेहरु बढेका छन् । तेल पेल्ने सर्वसाधारण को घुइचो लागेको छ ।
विशेषत तिहारमा विभिन्न परिकाहरु तेलमा बनाइने हुँदा तोरी खेती गर्ने किसानहरु आफ्नो उत्पादन भएका तोरी, झुसे, आलस, जस्ता तेल उत्पादन हुने वस्तुहरु लिएर मेलमा भिड लाग्न थालेका हुन् ।
रोजगारी, बदलीदो समयको कारण खेती किसानीहरु सबै बजार बासी भएको कारणले गर्दा तोरी उत्पादन हुने जग्गाहरु बाझीदै गएको कारणले पनि तेल उत्पादनमा कमी आएको छ ।
पोहोरको तुलनामा यसपाली घटेको निलकण्ठ नगरपालिका ३ भुलभुलैमा रहेको मेल संञ्चालक तेज बहादुर गुरुङले बताउनु भयो । तेज बहादुर गुरुङलाई यतिबेला भ्याई नभ्याई हुन्थ्यो अहिले पनि कामको चाप त छ, तर गत वर्षहरुमा जस्तो भिड भएन सायद तोरी खेती नै कमी भएर होला । अहिले बिहान तोरी ल्याउनेले बेलुका तले लिएर जाने गरेका छन् त्यस्लाई आफुले त्यति भिडको महसुस नगरेको बताउनु भयो ।