मैदीमा साँस्कृतिक कार्यक्रम हुने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ११, २०७३

धादिङ, मैदी । धादिङ जिल्लाको मैदी गाविसमा तिहार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ ।

जिल्ला सदरमुकाम धादिङबेसीबाट १८ किलोमिटर उत्तरपश्चिम तर्फ रहेको मैदी गाविस जनसंख्या र भौगोलिक महत्वपूर्ण मानिन्छ ।
पृथ्वी नारायण शाखा सँग जोडिने मैदीकोट भएर पुगिने सातडोवाटोमा हुने राष्ट्रिय कलाकार सहितको उक्त साँस्कृतिक कार्यक्रम भव्य हसने बताईएको छ ।

यही कात्तिक १४ गते लक्ष्मी पुजाको दिन कार्यक्रम आयोजना गरिएको आयोजक संस्था सहिद विसो स्मृति प्रतिष्ठानले जनाएको छ । संयोजक अर्जुन शाहिका अनुसार कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको सहभागीता हुनेछ ।

त्यस्तै कार्यक्रममा नेपाल सरकारका कृषि राज्य मन्त्री राधिका तामाङ सहित विभिन्न व्यक्तित्वहरु सहभागी हुने बताइएको छ । ‘हामीले कार्यक्रमको भव्य तयारी गरिरहेका छौँ,’ शाहीले भने । पर्यटकीय दृष्टिले निकै मनोरम मानिने मैदी गाविसबाट विभिन्न हिमश्रङखलाहरु नियाल्न सकिन्छ ।