काठमाडौं, ११ कात्तिक । रङ मन नपर्ने सायदै कोही होला । यसले छिटै आकर्षण गर्छ । हेर्दा आनन्द पनि लाग्छ । तर त्यही रङ चम्किलो र छिटै सुकाउन अत्याधिक सिसा (लेड) मिसाउँदा विष सावित हुन थालेको छ । सिसायुक्त रङ मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।
बजारमा छ्याप्छ्याप्ती पाइने मापदण्डविपरीतका अत्याधिक सिसायुक्त रङका कारण मानव स्वास्थ्यमा घातक असर पर्न थालेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले बजारमा पाइने रङका कारण सबैभन्दा घातक असर बालकालिकाको स्वास्थ्यमा पर्न थालेको छ ।
सिसायुक्त रङले बालबालिकाको शारीरिक, मानसिक र वौद्धिक विकासमै अवरोध पुर्याउने क्यान्सर तथा मुटुरोगको जोखिम बढाउने पुष्टि गरिसक्दा पनि यसको गुणस्तर मापन अनुगमन र नियन्त्रणमा सरकारले कुनै कदम चालेको छैन । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।