धादिङ कात्तिक १०-
अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगका प्रमुख अायुक्त लाेकमानसिंह कार्कीविरूद्ध संसदमा दर्ता भएकाे महाअभियाेगकाे प्रस्तावमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूकाे बैठकले सहमतिकाे अाधारमा अघि बढ्ने निर्णय गरेकाे छ।
बैठकमा संविधान संशाेधन, संविधान कार्यान्वयन, व्यवस्थापिका संसदमा दर्ता भएकाे महाअभियाेग प्रस्तावलगायत मुख्य राजनीतिक विषयहरूमा छलफल भएकाे जनाइएकाे छ।
बुधबार दिउँसाे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अाेली बीच भएकाे बैठकले यस्ता निर्णय गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
‘शीर्ष नेताहरुबीच शीर्ष तहको सम्वाद जारी राख्दै संविधान संशोधन, संविधान कार्यान्वयन, महाअभियोगलगायतका विषयमा सहमतिका आधारमा अन्तिम टुङ्गोमा पुग्ने गरी सकारात्मक छलफल भएको शीर्ष नेताहरुले जानकारी दिनुभएको छ,’ सचिवालयले भनेकाे छ।