धादिङबेसी कात्तिक १० । धादिङको कुम्पुर गाउँ विकास समितिको पिपलटार दलित बस्तीमा रहस्यमयी ढंगबाट मारिएका वा मरेका बुबाको काजक्रियाका नावालिकाहरु छोरीहरुले गरि रहेका छन् ।
नाबालिका छोरीहरु हिन्दु परम्परा अन्तरगत आफ्नो बुवाको काजक्रियको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्दा देखिने हृदय बिदारक दृश्यले सबैको आखा भरी आसु मात्र बनाउँदैन सामान्य समबेदना शब्दमा ब्यक्त गर्न पनि कठिन हुन्छ ।
गत १ गते साझ ७ बजे रहस्यमय ढंगले घरबाट बोलायर सुनौलाबजार गाउँ विकास समिति सुकौराखोलामा झुण्डिएको अवस्थामा लाल बहादुर बयालकोटिको सव फेला परेका थियो । झुण्डिएको हो या झुण्ड्याईएको हो प्रहरी अनु सन्धानमा छ । अनुसन्धानका क्रममा ५ जलानाई प्रहरीले नियन्त्रणमा समेत लिई सकेको छ ।
३५ वर्षिय बयालकोटिको काज क्रियामा साना नाबालक छोरीहरु बसेका छन् परिवारलाई सान्तोना दिन पुगेका पूर्व सभासद एवम् माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले समेत आँसु झारेका थिए । उनले ति नावालिकाहरुलाई केहि बताएनन् तर हत्यामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो पार्टी प्रहरीलाई दवाव र सहयोग गर्ने बताउनु भएको थियो ।
भुकम्पले तहस नहस पारेको घर त्यस पछिको कटेरो कटेरोको छेउमा ति काजक्रियामा बसेको बालिकहरु यो दृष्यले कस्लाई स्तब्ध बनाउँदैन होला ।
एकातिर अभिभावक गुमाउनुपरेको पिडा अर्को तिर दलित परिवारमा रोग, भोक, सोक र अभाबमा जन्मेर हुर्केर पनि यि साना साना नाबालिका छोरिहरुले बाबुको काजक्रियाका गर्न गरेको साहास एउटा अनुकरणीय काम का रुपमा पनि लिन सकिन्छ । फोटो: दिपा कडेल
यो पनि पढौं