धादिङ कात्तिक ९-
मंगलबारदेखि सुरु भएको लोकमानविरुद्धको महाअभियोगमाथिको छलफल छठसम्मका लागि स्थगित भएको छ । बैठक झण्डै २ घन्टा मात्र चल्यो र सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन ।संसद्को अर्को बैठक कात्तिक २५ गते दुई बजे बोलाइएको छ ।
सांसद्हरुले बोल्ने क्रम सकिएपछि मात्र यो प्रस्ताव महाअभियोग समितिमा पठाइने छ ।
स्रोतका अनुसार आगामी कात्तिक १७ गतेदेखि भारतीय राष्ट्रपति प्रवण मुखर्जी नेपाल भ्रमण आउने कार्यक्रम भएकोले पनि संसद् लामो समयका लागि स्थगित भएको छ।