भोलि परराष्ट्रमन्त्री भारत जाने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ९, २०७३

धादिङ  कात्तिक ९-

Minister for Foreign Affairs Prakash Sharan Mahat speaks at a press conference during PM Pushpa Kamal Dahal's India visit, in New Delhi, on Saturday, September 17, 2016. Photo: RSS

आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बुधबार  त्यसतर्फ प्रस्थान गर्दै छन् ।

सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा. महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै छन् ।

सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाकोबारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबीचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनकाबारेमा बृहत् समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा सो बैठकमा छलफल हुनेछ ।

आफूले नेपालको राष्ट्रिय स्वार्थका विषयमा विगतका सम्झौता र आयोजनाहरुको कार्यान्वयनका लागि उक्त बैठकमा कुरा उठाउने मन्त्री डा. महतले बताए ।

मन्त्री महत आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । रासस