मन्त्री जीवन बहादुर शाहि आज धादिङ आउने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ८, २०७३

धादिङ कात्तिक ८-

jeevan-bahadur-shahi
धादिङको उत्तरी क्षेत्रलाई कार्यक्षेत्र बनाई निर्माण गरिएको पद मार्गको उदघाटन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवन बहादुर शाहि आज धादिङको फूलखर्क आउने भएका छन ।
धादिङको फूलखर्कबाट विभिन्न पेशा व्यावसायमा आवद्ध भई ग्रामिण पर्यटनलाई टेवा पु¥याउने उद्धेश्यले धादिङको उत्तरी क्षेत्रलाई कार्य क्षेत्र बनाई केहि वर्ष अघि देखि हिमालयन एकाई टेल स्थापना गरिएको थियो ।
करिब ५० किलोमिटरको दुरि १५०० सय फिटदेखि ११००० फिट उचाई सम्मको पद मार्गको गत साल बैशाख ७ गते माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्प कमल दाहाल ९प्रचण्ड०ले शिलान्यास गर्नुभएको थियो ।
उक्त पदमार्गको उदघाटन कात्तिक ८ गते सोमबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवन बहादुर शाहिले गर्ने भएको छ । सो पदमार्गको उदघाटनको लागि मन्त्री शाहि आज धादिङ आउने भएका हुन ।
उदघाटन कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जानकारी दिएको छ । बाटो सरसफाई , स्टेज निर्माण तथा कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति तथा उप समिति बनाएर कार्यहरु गरिरहेको छ ।
यसै आज नै मण्डली माविमा मान्दी नमस्ते नेपाल ९इटाली ०द्धारा निर्माण गएिको भवन उदघाटनको तयारी पनि तिब्र रुपमा अगाडि बढाईएको छ ।
मान्दी नमस्ते नेपाल इटालीको करीब तीन करोडको लगानीमा मण्डली मावि , हिलेपोखरी आधारभूत विद्यालय र महेन्द्रद्धय माविमा नयाँ भवनहरु निर्माण गरिएको छ ।गत बर्ष बैशाख १२ गतेको भूकम्प पछि मान्दी नमस्ते नेपाल ९इटाली ०द्धारा विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएका छन । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मण्डली माविका प्रधानाध्यापक नमराज अधिकारीले जानकारी दिनु भयो ।