दामोदर भट्ट
धादिङ कात्तिक ७-
धादिङको फूलखर्कमा रहेको हिलेपोखरी निम्न माध्यामिक विद्यालयमा प्रयास नेपाल र रुम टु रिड द्दारा स्थापना गरिएको पुस्तकालय शनिवार एक कार्यक्रम गरि बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा मण्डली माविका शिक्षक तथा रेडक्रस प्रतिनीधि राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
नजिकिदै गरेको दिपावलीको अवसरमा शुभकामना आदान प्रदान तथा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता समेत गरिएको उक्त कार्यक्रममा ६ वटा विद्यालयहरु सहभागि रहेको थियो ।
कार्यक्रम सम्पन्न गर्न सहयात्री समाज नेपाल र साहास नेपालले सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी,अभिभावक , विभिन्न संघ संस्थाका प्रतिनीधि लगायत स्थानीय राजनैतिक दलका पार्टी प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।