धादिङ–पोखरा सम्पर्क समाजको अध्यक्षमा खतिवडा चयन

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ६, २०७३

पोखरा कार्तिक ६ –

yubraj
धादिङ–पोखरा सम्पर्क समितिको अध्यक्षमा युवराज खतिवडा निर्वाचित भएका छन् । समाजको हालै सम्पन्न नवौं अधिधवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन्। अध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्णबहादुर लम्साल, गोकर्ण लम्साल, वीरबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि खतिवडा निर्विरोध भएका हुन् ।
समाजको वरिष्ठ उपाध्यक्ष पदमा सुदर्शन बसौला, उपाध्यक्षमा शम्भु अधिकारी निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गुणप्रसाद सापकोटा ‘भरत’ ले उम्मेदवारी फिर्ता लिएपछि बसौला निर्विरोध भएका हुन् भने उपाध्यक्ष पदमा अधिकारी बाहेक अन्य कसैको पनि उम्मेदवारी परेको थिएन । वरिष्ठ उपाध्यक्ष बसौला यसअघि सचिव र उपाध्यक्ष अधिकारी सह–सचिव भएर काम गरेका थिए ।
यसैगरी समाजको महासचिव पदमा हरि पन्त निर्वाचित भएका छन्। महासचिव पदमा उम्मेदवारी दिएका युगमराज अगस्तीले उम्मेदवारी फिर्ता लिएपछि पन्त निर्विरोध भएका हुन् ।
समाजको सचिवमा योगप्रसाद सापकोटा, कोषाध्यक्षमा समिर अर्याल र सह–कोषाध्यक्षमा कृष्णबहादुर वि.क. निर्वाचित भएका छन् ।
यसैगरी समाजको सदस्यमा सरिता श्रेष्ठ ‘सरु’, अर्जुन भट्ट, र यादुप्रसाद ढकाल, माधव लम्साल र टीका लम्साल, रामकृष्ण आले, राजेन्द्र बस्नेत, र बलराम नेपाली चयन भएका छन् । समाजको ८ जना सदस्य पदका लागि २५ जनाले उम्मेदवारी दिएका थिए। २ जना सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने समाजको विधानमा व्यवस्था छ ।
समाजको निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष हरि अर्याल संयोजक, पूर्व सचिव गोकर्ण अधिकारी सह–संयोजक र पूर्व सह–सचिव हरि अधिकारी सदस्य सचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो । गत असोज पहिलो साता अधिवेशन शुरु भएको भएपनि समय अभाव लगायतका कारणले नयाँ नेतृत्व चयन गर्न सकेको थिएन । शनिबार नयाँ नेतृत्व चयन गर्नका लागि पूर्व अध्यक्षद्वय कृष्ण कुमार श्रेष्ठ र बलराम खतिवडा, निवर्तमान अध्यक्ष झम्क सारु मगर, निवर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्लाल, निवर्तमान सल्लाहकार परिषद् सदस्यद्वय कृष्णबहादुर लम्साल, केदार धमला, निवर्तमान सदस्यद्वय बलराम लम्साल र रेशम सिंखडा लगायतले सहजीकरण गरेका थिए । समाजको पहिलो बैठक यहि कार्तिक १० गते बुधबार बस्नेछ ।