दिनदहाडै बाघले बाख्रा मारेपछि कुम्पुरका वासिन्दा क्रसित

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ६, २०७३

रमेश थपलिया
कुम्पुर धादिङ कात्तिक ६-

kumpur
धादिङको कुम्पुर गाबिस वडा न १ को चुवाखर्क र रातमाटेडाडामा शनिवार दिनदहाडै बाघले ६ वटा बाख्रा मारेपछि स्थानीय वासिन्दा क्रसित बनेका छन ।
चुवा खर्क गाउका स्थानीय भक्त वहादुर श्रेष्ठले शनिवार दिउसो करिव २ बजेतिर बाख्रा चराउन जाँदै गर्दा चरन क्षेत्रमा पु¥याउन नपाउदै बाटोमा नै बाघले आक्रमण गरि २ वटा बाख्रा मारेपछि सो स्थानका वासिन्दा क्रसित बनेका हुन ।
आज नै सानु कुमार श्रेष्ठ र बाबुराम श्रेष्ठको पनि चराउन लादै गर्दा २ वटा बाख्रा बाघले मारेका छन । त्यस्तै नाम खुल्न नसकेको एक स्थानीयको पनि २ वटा बाख्रा मारिएको बताईएको छ ।