सभामुखको भ्रमण स्थगित

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

धादिङ कात्तिक ४-

onsari-gharti

सभामुख ओनसरी घर्तीले आफ्नो जेनेभा भ्रमण स्थगित गरेकी छिन्।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको र आइतबारका लागि संसद बैठक बस्ने भएकाले सभामुख घर्तीले जेनेभा भ्रमण स्थगित गरेको घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए।

प्रमुख दलका प्रमुख सचेतकसहित सभामुख घर्ती शुक्रवार अन्तर व्यवस्थापिका संसद सम्बन्धी बैठकमा सहभागी हुन जेनेभा भ्रमणमा जाने कार्यक्रम थियो।