चार स्वास्थ्य चौकीको चाबी हस्तन्तरणका झलकहरु

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

सुक तामाङ,
धादिङ कात्तिक ४ । धादिङ जिल्लामा नर्वे र जर्मनीको सहयोगमा निर्माण भएका प्रिफ्याब्रिकेटेड ४ वटा स्वास्थ्य चौकीको चाबी हस्तान्तरण गरिएको छ ।

नेपालका लागि नर्वेका राजदुत श्येल टोर्मोड पेटर्सन र जर्मनका महामहिम राजदूत माथियास मेयरले धादिङको प्राकृतिक सम्पदाको खानी रहेको सेमजोङ पुगेर चाबी हस्तान्तरण गरेका हुन् ।

चावी हस्तान्तरण कार्यक्रममा सभाषदहरु दिलमान पाख्रिन, परशुराम तामाङ, जिल्ला स्थित नेपाली काँग्रेसका सचिव, एमाले धादिङका भुमि त्रिपाठी, एमाओवादी केन्द्रका सह इन्चार्ज रामबहादुर भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै जर्मनकिो सहयोगमा धादिङमा १६ वटा विद्यालयहरु बन्ने क्रम जारी छ ।