अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदै

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

धादिङ कात्तिक ४-

gyanendra

नेपालमा गणतन्त्र आएपछि लामो समयदेखि मौन बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक सभामार्फत आफ्नो भनाइ राख्ने भएका हुन् ।

अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

पवित्र पाशुपत क्षेत्रको बनकालीमा उद्घाटन हुने सम्मेलनलाई पूर्व राजा ज्ञानेन्द्र शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विश्व हिन्दु महासंघको संयोजनमा भारतलगायत विभिन्न देशका हिन्दुवादी नेताहरुको संलग्नतामा यो सम्मेलन हुन लागेको हो ।

संविधानसभाबाट अघिल्लो वर्ष जारी भएको नेपालको संविधानले देशलाई धर्म निरपेक्ष बनाएपनि अझैपनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग बढ्दै गएको बेला हिन्दुहरुको आराध्यदेव पशुपतिनाथको पवित्र क्षेत्रमा अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलन हुन लागेको हो ।