नर्वे र जर्मनका राजदुतले के बोले सेमजोङ पुगेर (अडियो समेत)

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

सुक तामाङ
धादिङ कात्तिक ४ । धादिङ सेमजोङमा नेपालका लागि नर्वेका राजदुत श्येल टोर्मोड पेटर्सन र जर्मनका महामहिम राजदूत माथियास मेयर सेमजोङ पुगेका छन् ।

बुधबार र बिहिबार दई दिन सेमजोङ रहने गरि पुगेका राजदुतहरुले भुकम्प पछि नेपाल सरकार मार्फत सहयोग गर्न पाउदा खुसी व्यक्त गरेका थिए ।

उनीहरुले बुधबार ४२ लाख मा निर्मित स्वास्थ्य चौकी भवन उदुघाटन गरे भने बिहिबार विद्यालय भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

सेमजोङस्वास्थ्य चौकीमा ओपीटि, परिवार नियोजन, सुरक्षित मातृत्व, एचआइभी एड्स परिक्षण, टिभी रोग लगायतका विभिन्न स्वास्थ्य सेवा दिने दिने गरि भवन निर्माण गरिएको छ । अहिले उक्त स्वास्थ्य चौकीले दैनिक ३०० जना विरामीलाई सेवा दिदै आएको छ ।