वन अतिक्रमण हटाई वृक्षरोपण गर्ने मन्त्रालयको प्रतिवद्धता

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

ban-mantralayaधादिङ कात्तिक ४ । वन तथ भू–संरक्षण मन्त्रालयले मन्त्रालय र मातहत निकायका कार्यक्रम अन्तरगत वन क्षेत्र अतिक्रमणलाई जोड दिदै उक्त अिितक्रमण हटाई वृक्षा रोपण गर्ने भएको छ ।

मन्त्रालयले भूकम्पपछिको पुनःनिर्माणका लागि सहज रुपमा काठ वितरण गर्ने, विदेशी काठको आयात विस्थापन गर्ने, वन तथा वन्यजन्तु संरक्षणका कार्यलाई प्रभावकारी रुपमा अघि बढाउने, वन अतिक्रमण हटाई वृक्षरोपण गर्नेल गायतका कार्यलाई प्राथमिकतामा राख्दै २९ बुँदै प्रतिवद्धता गरेको हो ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले बुधबार पत्रकार सम्मेलन गर्दैमन्त्रालयका कामलाई थप प्रभावकारी रुपमा अघि बढाउन प्रतिबद्धता पत्र सार्वजनिक गरेका बारेमा जानकारी गराउँदै विगतका राम्रा सबै कामलाई कडार्यका सासथ निरन्तरता दिने समेत बताउनु भयो ।

कार्यक्रममा वनमन्त्री शङ्कर भण्डारीले मन्त्रालयका काममा सुशासन र कर्मचारीमा अनुशासन कायम गर्न आफूले सक्दो प्रयास गरेको बताउँदै निश्चित समयमा परिणामुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वन अतिक्रमण क्षेत्रलाई हटाई वृक्षरोपण गर्ने बताउँदै उहाँले भन्नुभयो, “पुनःनिर्माणमा काठ वितरण, विदेशी काठको आयात विस्थापन, वैज्ञानिक वन व्यवस्थापन मन्त्रालयका प्राथमिकताका कार्य हुन् ।”

मन्त्री भण्डारीले आफूले काम गर्ने जुनसुकै कर्मचारीलाई प्रोत्साहन गर्ने बताउँदै मातहतका निकायसँग कार्यप्रगतिका बारेमा जानकारी लिने कार्य भइरहेको स्पष्ट पार्नुभयो । उहाँले निष्पक्ष, निःस्वार्थ र निस्कलङ्क रुपमा काम गर्ने विश्वास दिलाउनुभयो ।