धादिङ कात्तिक ३-
एमाले र माओवादीका १५७ सांसदले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा बुधबार साँझ पौने ५ बजे महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
एमाले–माओवादीका नेताहरुले महाअभियोगबारे कांग्रेससँग पनि प्रारम्भिक छलफल गरेका छन् ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपालसहितले प्रस्तावमा हस्ताक्षर गरेका एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
यससँगै अख्तियार प्रमुख कार्की स्वत निलम्बित भएका छन् । महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसको टुंगो नलागेसम्म संम्वन्धिच पदाधिकारी निलम्बित अवस्थामा रहने व्यवस्था छ ।
माओवादीबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेका छन् ।