वाइबा राजाको गाउँ सेमजोङमा २ देश का राजदुत पुगे

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३, २०७३

धादिङ कात्तिक ३ । धादिङ सेमजोङमा नेपालका लागि नर्वेका राजदुत श्येल टोर्मोड पेटर्सन र जर्मनका महामहिम राजदूत माथियास मेयरले डोटेलले स्वास्थ्य चौकी उद्घाटन गर्न पुगेका हुन् ।
नर्वे र जर्मनको सहयोगमा निर्मित स्वस्थ्य चौकीको भवन राजदुतहरु सेमजोङ पुगि चावी हस्तारण गरि भवन उद्घाटन गर्नु भएको हो ।

सेमजोङस्वास्थ्य चौकीमा ओपीटि, परिवार नियोजन, सुरक्षित मातृत्व, एचआइभी एड्स परिक्षण, टिभी रोग लगायतका विभिन्न स्वास्थ्य सेवा दिने दिने गरि भवन निर्माण गरिएको छ । भवनको सहि सदुपयोग हुने आशा राखदै राजदुतहरुले नेपालमा यस्ता सहयोग जारी रहने बताउनु भएको थियो ।
स्वस्थ्य चौकी भवन उद्घाटन कार्यक्रममा धादिङका सांसद दिलमान पाख्रिन, परशुराम तामाङ, एमाओवादी धादिङका सह इन्चार्ज रामबहादुर भण्डारी जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक जीवनकुमार मल्ल धादिङपेष्ट डटकम का शुक तामाङ जिल्लाका अन्य क्रियाशित पत्रकारहरुको उपस्थित रहेको थियो ।
राजदुत लगायत अतिथिहरुलाई सेमजोङबासीहरुले फुलमालाले स्वागत गरेका थिए ।