धादिङ कार्तिक ३-
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिवाकर केसीले संगठनको प्रवक्ताको नयाँ जिम्मेबारी पाएका छन् ।
महानगरीय कार्यालयमा बलम्बुमा कार्यरत डिआइजी केसीलाई हेडक्वार्टर सरुवा गरी प्रवक्ताको जिम्मेबारी दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
यसअघि सशस्त्रको प्रवक्तामा शैलेन्द्र खनाल थिए । उनी एआइजीमा बढुवा भएपछि सशस्त्रले केसीलाई प्रवक्ताको जिम्मेबारी दिएको हो ।