प्रधानमन्त्रीका ३० कुरा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३, २०७३
  • धादिङ कार्तिक ३-
  • pushpa-kamal-dahal
  • निर्वाचन गर्न विभिन्न विधयेक संसदमा प्रस्तुत गरिसकेकोले चुनाव हुने निश्चित
  • आन्दोलनरत दलसँग वार्ता गरे संविधान संशोधन गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको
  • आन्दोलनरत पक्षको माग पूरा गर्न संविधान संशोधनको प्रस्ताव तयार भइरहेको
  • तिहार वा छठसम्म सत्ता पक्ष, प्रतिपक्ष र आन्दालोलनरत दलसँग छलफल गरेर संविधान संशोधन अघि बढाउने
  • विगतमा विवाद मात्रै भएको तर अहिले गृहकार्य नै गरेर विवादित विषयमा सहमति गर्ने काम अघि बढाएको
  • राष्ट्रिय गौरवका आयोजना को निरिक्षण गरेको, मेलम्ची, रानी जमरा सिँचाइ तोकिएको समयमा पूरा गर्न निर्देशन दिइएको
  • प्रत्यक विकास क्षेत्रमा चलेका ठूला आयोजना निरिक्षण र नियमन गरी समयमै काम सक्न निर्देशन दिएको
  • भूकम्प प्रभावित ५ लाख ३३ हजारमा झण्डै ४ लाख ३३ हजारसँग सम्झौता र ४ लाख २० हजारले पैसा पाएको र थप ३ लाख रुपैयाँ पाउने प्रक्रिया अघि बढाइएको
  • प्यूठानमा बाढि प्रहिरोबाट पीडितलाई भूकम्प सरह क्षतिपूर्ति र अनुदान
  • सक्षम कर्मचारीलाई बढुवा र पुरस्कृत गर्न काम सुरु भैसकेको
  • सचिव र उपसचिवलाई दिइएको २८ बुँदे निर्देशनमा नागरिकले तत्काल अनुभव गर्ने गरि काम भैरहेको
  • हेलो सरकारको कार्यक्षेत्रलाई क्षेत्रीय रुपमा पनि विस्तार गरेर गुनासो समाधान गर्ने
  • स्थानीय निकाय पुनर्संरचना आयोगलाई सहयोग गरिएको छ । स्थानिय तहाको पुनर्संरचनामा दलहरुबिच छलफल सकारात्मक भैरहेको
  • दसैँमा शान्ती सुरक्षा राम्रो भएको र आउँदा चाडपर्वमा पनि कालोबजारी र मूल्यबृद्धिको अनुगमन गरिने
  • संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा परराष्ट्रमन्त्री गएको र भूपरिबेष्ठित देशको हितको पक्षमा कुरा राखेको
  • संविधानमा मधेसी थारु जनजातिलाई सहभागी गराएर देशलाई निर्वाचनमा लैजानुपर्ने सरकारको जोड
  • भारत भ्रमणमा असल नियतका साथ नेपाल र भारतका बिच विश्वासको वातावरण बनाउने कुरा र यसअघिका परियोजना कार्यान्वयन गर्नु प्राथमिकतामा राखेर काम गरेको
  • भारतले हुलाकी राजमार्गको दोस्रो चरण जोड्ने र हेटौडा र ढल्केबरमा विद्युतीय सव स्टेशन बनाउने सहमतिले विकासमा टेवा पुग्ने
  • पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन बनाउने कुराले विद्युत विकासमा ठूलो ढोका खुलेको र भारतलाई विजुली बेच्न सजिलो हुने ब्यवस्थ गर्न सैद्धान्तिक सहमति भएको
  • भारतमा पुनर्निर्माण र सामूहिक सुरक्षाको विषयमा पनि छलफल भएको ।
  • भारत भ्रमणका बेला देशको इज्जतमा आँच आउने र नागरिकको हित विरोधी कुनै सम्झौता नगरेको र उच्च कुटनीतिक मर्यादा राख्ने काम भएको जानकारी
  • भारत भ्रमणमा सरकारले संविधानको कार्यान्वयनमा गरेका प्रयास मात्र बताएको र मोदीले त्यसको स्वागत गरेको
  • अहिले भारतीय लगानीकर्तालाई आकर्षित गर्न उपयुक्त समय भएको
  • ब्रिक्समा आफ्नो सहभागीता उपलब्धीपूर्ण भएको र छलफलले अल्पविकसित मुलकबिच साझेदारी बढ्ने विश्वास
  • ब्रिक्सले नयाँ विकास बैंक मार्फत दिगो विकास लक्ष्य प्राप्तिका लागि लगानी आउन सक्ने सम्भावनामा जोड दिएको
  • मोदीसँगको भेट सम्बन्ध सुधारमा केन्द्रित । केही महिनाभित्र भारतमा हुने परराष्ट्रस्तरीय बैठकका केही मुद्दामा छलफल भएको
  • चिनियाँ राष्ट्रपति सि जिङ पिससँग त्रिदेशीय हितमा काम गर्ने छलपल भएको, तीन देशले उठाउन सक्ने लाभको बारेमा छलफल भएको
  • भारत भ्रमणबारे अनावश्यक टिकाटिप्पणी भएको, त्यसले राष्ट्रिय हित प्रबद्र्धन गर्न हित पुग्दैन
  • चीनका राष्ट्रपतिले म नेपाल आउँछु दुवै पक्षले तयारी गर्ने भन्नुभएको जानकारी, आफूले यसै वर्ष स्वागत गर्न तयार रहेको बताएको र चिनिया राष्ट्रपतिले भ्रमण तय गर्ने जानकारी गराएको
  • संविधान कार्यान्वयन अहिलेको ठूलो चुनौती भएको र यसमा सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने भनाई
  • ujyaaloonline बाट