धादिङ कार्तिक ३-
बुधबार संसदको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
समिति सदस्यहरुमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, दिपक कुँइकेल, कुमारी लक्ष्मी राई र नेकपा एमालेबाट केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी छन् । त्यसैगरी माओवादी केन्द्रबाट अमनलाल मोदी, रामनारायण बिडारी र राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी महाअभियोग सिफारिस समितिमा सदस्य रहेका छन् ।
यसअघि अख्तियार प्रमुख लोमकानसिंह कार्कीमाथि महाअभियोग लगाउन माग गर्दै साँसदहरु गगन थापा प्रस्ताव तथा धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक रहेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गरेको थियो । तर, उक्त प्रस्तावमा छलफल भने भएको थिएन । उनीहरुले त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले महाअभियोगको माग गर्दै आमरण अनशन सुरु गरेपछि उक्त प्रस्ताव दर्ता गराएका थिए ।