संसदको वर्षे अधिवेशन विहीबारदेखि सकिँदै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३, २०७३

धादिङ कार्तिक ३-
samsad-bhawan
प्रधानमन्त्री प्रचण्डले तिहारअघि वा छठसम्म संविधान संशोधनमा सहमति गरिने बताइरहँदा भोलि विहीबार देखि व्यवस्थापिका संसदको वर्षे अघिवेशन अन्त्य गर्ने तयारी संसद सचिवालयले गरेको छ ।
‘भोलिदेखि संसदको वर्षे अधिवेशन अन्त्य हुन्छ, सभामुखज्यूको नेतृत्वमा हामी एकसाताका लागि जेनेभा जाँदैछौं,’ राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले भने, ‘जेनेभामा २२ देखि २९ तारेखसम्म कार्यक्रम छ ।

विहीबार वर्षे अधिवेशन अन्त्य गरेर शुक्रबार सभामुख ओनसरी घर्ती एक साताका लागि स्वीट्जरल्याण्ड जाने तयारीमा छिन् ।