धादिङ कार्तिक ३-
आफूखुसी भाडा लिन पाउनुपर्ने माग गर्दै ग्रामीण भेगमा चल्ने यातायातलाई धादिङका यातायात व्यवसायीले मंगलवारदेखि गाडी ठप्प पारेका छन् ।
सरकारले तोकिएको भाडादर मात्र लिनुपर्ने र ग्रामीण सडकमा अस्थायी रुट परमिट उपलब्ध गराउने भनेपछि व्यवसायीले ग्रामीण रुटमा गाडी बन्द गराएका छन ।
धादिङबेशीबाट चल्ने कुनै पनि गाडीले निश्चित ठाउँको रुट परमिट लिएका छैनन् । रुट परमिट भएकाको पनि धादिङ मात्रै उल्लेख गरिएकोले ग्रामीण क्षेत्रमा जान समस्या भएको छ । यातायात बन्द भएपछि सदरमुकाम आउने र सदरमुकामबाट विभिन्न ग्रामीण भेगमा आवात जावात गर्ने यात्रुहरु प्रत्यक्ष मारमा परेका छन ।