[अपडेट] त्रिशुलीमा फेरी वस खस्यो ,एककाे मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३


धादिङ कार्तिक २- नारायणघाट सडकखण्ड अन्तरगत दाहाखानी-६ गाविसको नाै किलाे नजिक काठमाडाैंबाट भैरहवातर्फ गइरहेकाे यात्रुवाहक बस त्रिशुलीका खसेको छ ।

काठमाडौंबाट भैरहवातर्फ गइरहेको लु१ख ७३९१ नम्बरकाे बस त्रिशुलीमा खसेको हो । अाठजना घाइतेको प्रहरीले उद्धार गरेको छ भने एककाे मृत्यु भएकाे छ । ‘बस नदीमा अाधी डुबेकाे अवस्थामा छ । हामीले भित्र पसेर हेर्‍याै‌ं अन्य यात्रु पाएनाै‌,’ उनले भने, ‘त्यसैले बसमा ड्राइभर र सहचालक गरि ११ जना मात्रै सवार रहेकाे देखियाे । थप अनुसन्धान गर्दै छाैं । ‘ प्रहरीका अनुसार मृतककाे पहिचान भएकाे छैन ।