Buddhi Tamang
कस्तो खाना खाने, कस्तो लुगा लगाउने, कुन ठाउ बस्ने, धर्म मान्ने कि नमान्ने, मानेमा कुन धर्म मान्ने, कुन पेशा अगाल्ने, कुनै पार्टीमा लाग्ने कि नलाग्ने, लागेमा कुन पार्टीमा लाग्ने भन्ने कुरा ब्यक्तिको मौलिक अधिकारको कुरा हो र हुनु पर्छ।
तर हाम्रो सन्कुचित सोचले कहा त्यसो भन्छ र !
मैले गोरुको मासु खान्न। अरुले नि खानु हुदैन। खानु अपराध हो। त्यो जेल जानु पर्छ। मैले टीका लगाए पछि अरुले पनि लगाउनै पर्छ। न लगाउनेहरु दलाल हुन। डलरबादी हुन। म दौरा सुरुवाल र ढाका टोपी लगाउछु। त्यसैले सबैले लाउनै पर्छ। नलगाउनेहरु त अनेपाली हुन।
भन्नलाइ नेपाल बहु भाषा, बहु जाती, बहु धार्मिक र बहु सस्कृती भएको देश भनिएको छ। तर ब्यबहारत हाम्रो चिन्तन हाम्रो सोचाइ महेन्द्रकालिन एकात्मबादी छ।
के यस्तो सोचाइ र चिन्तनले बिधिधतायुक्त नेपाली समाजको एकता सद्भाव कायम राख्न सक्ला? अधिकार र समान्ताको कुरा उठाउदा अरुलाइ बिखन्डनकारी देख्ने हाम्रो आखा एक पटक आफुले बोलेका कुराले सचै समाजलाइ यथार्यमै बिखन्डन्को खाडल तिर धकली राखेको त छैन? मनन गरे कसो होला?