सुकौरा बेसिमा झुन्डिएको शब लालबहादुर बयलकोटिको

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

qwqwधादिङ, कात्तिक २ । धादिङको निलकण्ठ नगरपालिका ७ स्थित सुकौराबेसीमा झुण्डिएको अवस्थामा फेला परेको शव पहिचान खुलेको छ । सुकौरा बेसिमा झुन्डिएको  शब कुम्पुर गा बि स पिपल टार  निबासी  ३५ बर्सिया लालबहादुर  बयलकोटिको भएको पहरीले पुष्टि गरेको हो ।

शबको टाउको मा  ४ वटा गहिरो चोट देखियेको र खुट्टाले भुइँमा छोएको अबस्थामा पिङको पसो घाटी मा लागेको छ । बयलकोटी आफैले आत्महत्या नगरेको र उनलाई हत्या गरिएको स्थानियहरुले बताएका छन् । प्रहरीले भने घटना के कसरी भएको हो अनुशन्धान सुरु गरि सकेको बताएको छ ।
प्रहरी निरिक्षक भिमलाल भट्टराईका अनुसार दशैंमा बनाइएको पिङमा झुण्डिएको अवस्थामा भेटिएकाले प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमको लागि धादिङ बेसी  ल्याएको थियो ।