बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भन्नु हाँस्यास्पदः केपी ओली

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

धादिङ कात्तिक २-

kp

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले कुटनीतिक मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले बिमिस्टेक सम्मेलनमा सहभागी हुने क्रममा भारतको गोवामा डिनरका लागि कार्गेट पर्खने क्रममा भएको संयोगवसको भेटघाटलाई त्रिपक्षीय वार्ता भनि प्रचार गरेर कुटनीतिक मर्यादाको उलंघन गरेको आरोप लगाए।

सोमबार पार्टी कार्यालय धुम्बराहीमा संक्षिप्त कुराकानी गर्दै उनले नभएको त्रिपक्षीय वार्ताका बारेमा टिप्पणी गर्नु लज्जास्पद रहेको बताए।

अध्यक्ष ओलीले भारतीय विदेश मन्त्रालयले नै त्रिपक्षीय वार्ता नभएको स्पष्ट पारिसकेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण वार्ता भनि प्रचार गर्नु गलत र सोभनीय नभएको टिप्पणी गरे। अध्यक्ष ओलीले बाटोमा भेट हुँदैमा त्रिपक्षीय वार्ता भयो भनि प्रचार गर्नु हाँस्यास्पद भएको टिप्पणी गरे।

बिमिस्टेक सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय वार्ता गरेको समाचार सार्वजनिक भएको थियो। प्रधानमन्त्रीको सचिवालयले चीन र भारतलाई मध्यस्थता गर्न नेपालका प्रधानमन्त्री दाहालले त्रिपक्षीय वार्ता गरेको दाबी गरेको छ।