होटलबाट ११ महिला र ११ पुरुष पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

धादिङ कात्तिक २-

pakrau-pakrau

बुटवलका विभिन्न होटलबाट शंकास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचकाक्रममा विभिन्न होटलबाट ११ पुरुष र ११ महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

सम्बन्धित होटलधनीलाई पनि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ । रासस