धादिङबेसी कार्तिक २ । यातायात क्षेत्रमा देखिएको अस्तव्यस्ततालाई सहजतामा ल्याउन बसेको भाडा निर्धारण समितिको बैठक विना निकर्ष टुङ्गिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीको अध्यक्षतामा सोमबार बसेको बैठमा यातायात यातायात व्यवसायी र विद्यार्थी प्रतिनीधी बीच कुरा नमिले पछि बैठक विना निस्कर्ष टुङ्गिएको हो ।
धादिङ जिल्लाका ग्रामिण सडकमा चल्ने पुराना गाडीहरु हटाईनु पर्ने, ५ सिट क्षेमताका गाडी मोडीफाई गरि चलार्यएको छ त्यो कानुन विपरित भएको, सिट क्षेमता भन्दा भन्दा बढी यात्रुहरु बोक्न नपाईने र राज्यले दिएको विद्यार्थी परिचय पत्रका आधारमा ४५ प्रतिशद छुट दिनु पर्ने धादिङका विद्यार्थी नेताहरुले माग राखे पछि बैठक निकर्ष विहिन बनेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा धादिङ अध्यक्ष माधव छत्कुलीले बताउनु भयो ।
राज्यले दिएको छुटको निम्ति फेरि यातायात व्यवसायीहरु सँग छलफल गर्नु पर्ने विषय हुँदै हैन तर पनि व्यवसायीहरु ४५ प्रतिशद छुट दिन तयार भएनन् ।
हाम्रा माग व्यवसायीहरुका हित बाहिर नभएको भन्दै छत्कुलीले मनलाग्दी भाडा असुल्ने, पुराना गाडी चलाउने, गाडी मोडीफाई गरेर ५ सिटलाई धेरै सिट बनाउने जस्ता गतिविधिको अखिल क्रान्तिकारी डटेर सामना गर्ने समेत अध्यक्ष छत्कुलीले बताउनु भयो ।
हामी सबै विद्यार्थी संगठनहरु एकता वद्ध छौं, हाम्रै अनुरोधमा बैठक बसेको हो तर यातायात व्यवसायीहरु ग्रामिण सडकमा लिने भडा दरमै सहमति हुन सक्नु भएन बरु गाडी नचलाउने धम्की दिए अब प्रशासनले के गर्छ हेरुम् अनि विद्यार्थीहरु सर्व पक्षिय छलफल गरि थप आन्दोलन गर्ने छत्कुलीले बताउनु भयो ।
प्रमुख जिल्ला अधिाकारी विश्वप्रकास सुवेदीको कार्यकक्षमा भएको बैठकमा धादिङ उद्योग वाणिज्य संघका इश्वर धरेल, धादिङ यातायातका महासचिव राजेश प्रजापति, ग्रामिण यातायातका महसचिव हरिबहादुर श्रेष्ठ, जिल्लामा क्रियाशित विद्यार्थी संगठनका अध्यक्षहरु, अखिल नेपाल ट्रेडयुनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदी लगायतको उपस्थिति रहेको थियो ।