अमृत-उज्जलको स्मृति सभामा जीवन शर्माले नचाए

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १, २०७३

निर्मल थपलिया ,
धादिङ मलेखु कार्तिक १ । अमृत-उज्जल स्मृति मन्चको आयोजनामा अमृत-उज्जल बार्षिक स्मृती तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

आइतबारको दिन रिचोकपोखरी, बेनिघाट-३ धादिङमा भएको उक्त  स्मृति सभामा जन गायक जीवन शर्माले बालक देखि बृद्धा सम्मलाई मन छुने गितमा नचाएका थिए ।

जनगायक जीवन शर्माले सबै भन्दा वृद्ध र गरिब चेपाङलाई मन्चमा आसिन गराउदै म यिनिहरुको कथा ब्यथाको गीत गाउदै हिड्ने हुनले मेरो वास्तविक नायक यिनै हुन भन्दै आयोजकले लगाइदिएको माला पहिराइदिनु भएको थियो । उहाले हामी नेपाली, झरनाको चिसो पानी, यसपाली त यस्तै भो आमा, सिमली छायामा, जस्ता गीतहरु गाएर दर्शकहरुलाई नचाउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिनुहुदै शिक्षक रुद्र पाण्डेले जनतामाथी अन्याय हुन नदिन नेताहरुलाई चेतावनी दिदै आफ्ना विद्यार्थीले परिवर्तनको बाटो लिएको आफुले थाहा नपाउदा गल्ती गरेको पिटेको हुन सक्ने बताउनु भयो । सहिद परिवारको तर्फबाट कृष्ण थपलियाले बेपत्ता उज्जलको सम्झनामा कविता बाचन गरेका थिए भने पुर्ब सभासद एबम एमाओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले  यो स्मृति सभा भएकोले अन्य भाषण नगर्ने भन्दै माओवादी केन्द्र रुपान्तरण पछि विभिन्न वाम पार्टीहरुको ध्रुविकरण भएकोले कहि कतै सङ्का नगर्न आग्रह गर्नु भएको थियो ।
पार्टी विभाजनले सहिद तथा वेपत्ताहरुलाई सबै भन्दा बढी पिडा थियो अब पार्टी नयाँ बनेको बताउँदै माओवादी केन्द्र जनशक्तिका हिसावले पहिले पार्टी भएको बताउनु भएको थियो । जनयुद्धकालमा जनताको अधिकार प्राप्तिको लागि कार्य क्षेत्र लागिरहेका अखिल क्रान्तिकारी काठमाडौंका अमृत कंडेल र धादिङका उज्जल बरामको तत्कालीन सेनाले बेपत्ता पारी हालसम्म पनि कुन अवस्थामा कहाँ छन भनी कुनै सरकारले परिवारलाई जानकारी दिन नसकेको अवस्थामा हरेक बर्ष दशै सकिने पुर्णिामाका दिन यहीँ कार्यक्रम गरि उनिहरुलाई सम्झने गरिन्छ ।

कार्यक्रममा पुर्ब सभासद एबम मजदुर नेता शालिकराम जमरकट्टेल प्रमुख अतिथि, जनगायक जीवन शर्मा बिशेष अतिथी, अतिथिहरुमा बेपत्ता परिवार धादिङका अध्यक्ष टीका कंडेल, सहिद परिवारका कृष्ण थपलिया, बेपत्ता परिएका उज्जल बरामको आमा, नेकपा माओवादी केन्द्र धादिङ सचिवालय सदस्य चन्द्र बहादुर सिल्वाल लगायत अन्य पदाधिकारीहरु थिए । अतिथी कलाकारहरुमा कृष्ण गुरुङ, करसिङ थापा, अमृता गुरुङ थिए भने अन्य स्थानिया कलाकारहरुको प्रस्तुति आकर्षक र स्तरिय रहेको थियो ।

अमृत- उज्जल स्मृती मंचका अध्यक्ष रामहरी कंडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सन्चालन खेम सिल्वाल र मिलन बि क ले गर्नु भएको थियो ।