गंगालाल तुलाधरले पाए एक हजार युरो सहित अन्तर्राष्ट्रिय पुरस्कार

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३०, २०७३

धादिङबेसी असोज ३० । आफ्नो शिक्षण पेशा त्यागेर राजनीतिमा होमिएका धादिङका नेता नेकपा एमालेका सांसद तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।

लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले धादिङ कल्लेरीमा जन्मिएका तुलाधरलाई अन्तराष्ट्रिय स्तरको उत्कृष्ट पुरस्कार दिएको हो ।

उक्त संस्थाले प्रकाशित गरेको भू–वातावरणीय विपद् जर्नलमा डा. तुलाधरको अनुसन्धानात्मक कृति प्रकाशित भएको थियो । उक्त कृति छ हजारभन्दा बढीले डाउनलोड गरि सयौँ शोधकर्ताले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेकाले उहाँको सो कृतिलाई उत्कृष्ट ठह¥याई थियो ।
अनुसन्धान कृतिका लागि सो संस्थाले पहिलोपटक पुरस्कृत गर्न थालेको हो । पुरस्कारको राशि एक हजार युरो अर्थात् झण्डै एक लाख २० हजार रुपियाँ छ ।

तुलाधरले सन् २०१२ मा विभिन्न १९ जिल्लामा गई विपद् जोखिम न्यूनीकरण सम्बन्धी अनुसन्धान गर्नुभएको थियो । पूर्व शिक्षा मन्त्रि गंगालाल तुलाधरलाई एमाले भित्र वा बाहिर सालिन बौद्धिक नेताका रुपमा लिईन्छ ।