धादिङ असोज ३० । दशैमा टिका नलगाएको भन्दै कडारुपमा अभिव्यक्ति दिदैं भिडियो सार्वजनिक गर्ने फुलखर्कका भिम अधिकारीले माफि मागेका छन् ।
नेपाली सेनाको जागिर छोडर इराक हानिएका अधिकारी अहिले यूएईका सेक्युरीटी काम गर्दै आई रहेका छन् ।
धादिङ समाज युएईका बर्तमान अध्यक्ष तथा नेपाली समाज युएईका आउने कार्यकालको अध्यक्षका दाबेदार उनी विचारका हिसावले नेपाली काँग्रेस निकट रहन्छन् ।
उनको युट्यूव भिडियो सार्वजनिक भएपछि एक अनलाईले ‘के कारवाही हुन्छ, सामाजिक संजालमा मनमर्जी बोल्ने लाई ?’ भन्ने हेडलाई दिएर समाचार प्रकाशित गरेपछि उनले आफुले आवेशमा आएर उक्त भिडियो पोष्ट गरेको भन्दै माफि मागेका हुन् ।
देशको प्रधानमन्त्रीलाई सामाजिक सन्जाल मार्फत खुलमखुला गोली हानेर मार्छु भन्ने अभिब्यक्ती दिने ब्यक्तिलाई कसरी कारबाहीको दायारामा ल्याउने भनेर प्रधान न्त्री सचिवालयमा समेत छलफल हुनु र सम्मानिय ब्यक्तिलाई अपशब्द प्रयोग गरी गोली हान्छु र मार्छु भन्दै सामाजिक सन्जालमा लाइभ भिडियो गर्नेलाई कानुनी दायारामा ल्याउन सकिने राय कानुनबिदहरुले राय दिएपछि अधिकारीले आफ्नो फेसबुकमा प्रेस विज्ञप्ती निकाल्दै माफि माग्न बाध्य भएका थिए ।
उनले माफि माग्दै यस्तो लेखेका छन् ।
अक्टोवर १२ दशैंको भोलिपल्ट फेसवुक मार्फत भिडियो लाईव गरी प्रवासमा रहेर घरपरिवार संग दशैं मनाउन नपाई निरास भएको अवस्थामा आवेसमा आई सम्माननीय प्रधानमन्त्री ज्यु लाई अपशव्द बोली उहाँको सम्मानमा आँच आउन पुगेकोमा म आफु दुखी भएको छु । सोही विषयलाई आज खवरडवली अनलाईनले समाचार मार्फत प्रसारित गरेकोले मेरो थप ध्यानाकर्षण भएको र सो समाचारमा सामाजिक संजालमा आएको प्रतिकृया प्रति सम्मान व्यक्त गर्दछु ।
कुनै नियतवश कसैको उक्साहटमा नभई देस प्रतिको मायाले आक्रोशमा मैले अन्जानमा उक्त कार्य गर्न पुगेकोमा यसै विज्ञ्यप्ति मार्फत क्षमायाचना गरेको सम्वन्धित सवैमा जानकारी गराउँदछु ।
देशको प्रधानमंत्री प्रचण्ड प्रति मेरो हिजो पनि उत्तिकै सम्मान रहेको, आज र भोली पनि रहने छ । देशको विकास र उन्नतिमा मेरो चिन्ता र मैले उठाएका केही सवालहरु जायज छन भन्ने मैले विस्वास लिएको छु ।
भिडियोमा प्रयोग गरिएका केही शव्द प्रति लज्जित महसुस गर्दै आगामी दिनहरुमा पनि यही समाजमा वसी समाजसेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै, यही विज्ञप्ति मार्फत क्षमाप्रार्थी रहेको संवन्धित सवैमा जानकारी गराउँदछु ।
भवदीय,
भीम अधिकारी