धादिङका दृष्टिविहिनलाई सेतो छडी वितरण गरियो

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३०, २०७३

धादिङबेसी असोज ३० । अन्तराष्ट्रिय सेतो छडी दिवसको अवसरमा यस हेल्पिङ ह्याब्ड पोखराको सहयोग र अपाङगता पुनस्थापना समाज धादिङले धादिङका दृष्टिविनहरुलाई सेतो छडी वितरण गरेको छ ।

धादिङ नेत्रहिन संघका अध्यक्ष आस्विन लम्साललाई सहयोगी संस्था यस हेल्पिङ हेन्डका प्रमुख दिनेश थापाले शनिवार एक कायृक्रमका बीच हस्तान्तरण गर्नु भएको हो ।

नेपाल सरकारबाट अपाङगता परिचय पत्र प्रदान गरेको अपाङगता भएका ब्यक्तिहरु जो कसैले पनि यस हेल्पिङ हेन्डमा सम्र्पक गर्न सके सहयोग गरिने संस्थाका प्रमुख दिनेश कुमार थापाले बताउनु भयो ।

कार्यक्रममा धादिङ नेत्रहिन संघका अध्यक्ष अश्विन लम्सालको सभापतित्वमा यस हेल्पीङ हेन्डका प्रमुख दिनेश कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।