मैदीमा माओवादी केन्द्रले कार्यकर्ता प्रशिक्षण चलायो ।

Avatar photo
Dhadingpost
आइतवार, अशोज ३०, २०७३

rambahadur-bhandaiधादिङबेसी असोज ३० । मैदी गाउँपाटी नेकपा माओवादी केन्द्र मैदी गाउँपाटीद्धारा कार्यकर्ता भेला तथा प्रशीक्षण कार्यक्रम मैदीको ७ दोबाटोमा शनिबार सम्पन्न भएको छ ।

एमाओवादी केन्द्रिय महादिवेशन आयोजक समिति सदस्य एवम् धादिङका सह ईन्चाज रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यकताएलाई प्रशिक्षण दिदै भण्डारीले पार्टी पुनर गठनपछि गएको एकताले प्रतिक्रियावादीहरु हहाएल काएल भएको बताउनु भएको थियो ।

अहिले आफ्रनो पार्टीको नेतृत्वमा सरकार बने पछि भुकम्प पिडितहरुलाई एक लाख थप, सहुलियत ऋण निर्ब्याजी ऋण बिगतमा कृषि ऋण मिनाहा जस्तै जनमुखि कामहरु गरेको यसलाई जनताकोमा लैजान पनि भन्डारीले कार्यकर्तालाई आग्रह गर्नु भएको थियो ।

गाउँपाटी कमीटीका अधक्ष्य कृष्णमान श्रेष्ठको सभापतीत्यमा सम्पन्न कार्यक्रममा वइसियल नेपाल धादिङका अधक्ष्य राजेश अधिकारीको विशेष आतीथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मैदी इन्चार्ज लक्ष्मी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सम्मेलन आयोजक समीतीका सदस्य राजु गोदारले कार्यक्रम सञ्चालन गर्नुभएको राजेश अधिकारीले जानकारी दिनुभयो ।