विकास भण्डारी,
धादिङ थाँक्रे असोज २२ । हिन्दुहरूको महान् चाड बडा दशैंको अवसरमा हाप्सेचौर थाँक्रे युवा समाजले शुक्रबार दशैं बिशेष सांस्कृतिक कार्यक्रममा हराउनु हसाए, नचाउनु नचाए हाप्से चोरमा राष्ट्रिय कलाकारले ।
कलाकारहरु किरण कसी, सुरेन्द्र केसी, शिबशंकर रिजाल, चर्चित पप किङ धिरज राई, कमल खत्रि बिश्वकै होचा कलाकार दिपेन शाह, पप स्टार सबिन लामा, जादुगर तथा हास्य कलाकार महादेब त्रिपाठि, डान्सर देबि अकौलियाले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
उक्त साँस्कृतिक कार्यक्रममा हाप्सेचौर युवा समाज थाक्रेका अध्यक्ष बिशाल भुजेलको अध्यक्षता चलचित्र निर्देशक मधुकुमाय श्रेष्ठको प्रमुख आतिथ्यता तथा योङकम्युनिष्ट लिग धादिङ जिल्ला कमिटि सचिबालय सद्स्य बिकाश भण्डारिको बिशेष आतिथ्यता रहेको थियो ।