धादिङ बैरेनी, असोज २१ । धादिङको बैरेनी गाउ बिकास समितिका १ सय ९७ घरधुरीलाई बिहिबार सोलार बितरण गरेको छ ।
बैरेनी गाविसको समन्वय र बैकल्पिक उर्जा प्रबर्धनको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आयोजनामा उक्त सोलार वितरण कार्यक्रमको आयोजना गरिएको हो ।
बैरेनी गाविसका अपाङगता भएका ब्यक्तिहरु, घाईते एकल महिला, बत्ती नपुगेका घरधुरी तथा भुकम्प पीडितहरु, चेपाङ र दलितहरुलाई वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सभापति सिताराम कोइरालाको अध्यक्षतामा असम्पन्न भएको सोलार वितरण कार्यक्रममा गाविस सचिव लक्ष्मण भट्टराई लगायतको सहभागिता रहेको थियो ।
बैरेनीका ३ सय जनालाई सोलार वितरण गर्ने कार्यक्रम भएता पनि १ सय ३ जना भने अनुपस्थिति रहेका कारण सबैलाई सोलार वितरण हुन नसकेको सभापति कोइरालाले धादिङपोष्टलाई बताउनु भयो ।