आज स्कन्दमाताको पूजा गरिदैं

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २०, २०७३

धादिङ असोज २०-

sova-mata

नवरात्रअन्तर्गत आज स्कन्दमाताको पूजाआराधना गरिँदैछ । हिन्दूहरुमा स्कन्दमाताको पूजा आराधना गरे सन्तान सुख पाइने विश्वास रहँदै आएको छ ।

नवरात्रका अन्य दिनझैं देवी भक्तिका लागि आज पनि भक्तजनहरुको मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भीड लागेको छ ।

काठमाडौंको विजेश्वरी, तलेजु भवानी, नक्साल भगवती, गुहेश्वरी, संकटा, शोभा भगवती, कालिकास्थान, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, ललितपुरको बंगलामुखी, भक्तपुरको नवदुर्गा लगायतका मन्दिरमा भक्तजनको भीड लागेको छ ।

त्यसैगरी उपत्यका बाहिरका दन्तकाली, छिन्नमस्ता, पलाञ्चोक भगवती, माईस्थान, कंकालीमाई, कालिञ्चोक, ताल बाराही, बागेश्वरी, त्रिपुरासुन्दरीलगायतका मन्दिरमा पनि भक्तजनको घुईंचो लागेको छ