के बोले धादिङमा आएर सहकारी मन्त्रीले

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १८, २०७३

धादिङबेसी असोज १८ । गरिवी निवारण कोष गरिवी निवारण मन्त्रालय माताहतमा नै हुनु पर्ने गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थामीले बताउनु भएको छ ।

नेपाल प्रेस युनियन धादिङले धादिङबेसीमा मंगलबार धआयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गरिवी निवारण तथा सहकारी मन्त्री हृदयराम थामीले गरिवी निवारण कोष प्रधानमन्त्रीले सञ्चालन गर्दा गरिवी मन्त्रालयको क्षेत्राधिकार खोसिएको बताउनु भयो ।

गरिवी निवारण कोष, युवा स्वरोजगार कोष र गरिवसँग विश्वेश्वर कार्यक्रम सम्बन्धित मन्त्रालयमा नहुँदा डुब्लिकेसन हुने गरेको मन्त्री थामीले बताउनु भयो । सम्बन्धित मन्त्रालयसँग सम्बन्धित कार्यक्रम नहुने हो भने मन्त्रालयको औचित्य नै नहुने बताउँदै थामीले यसका विषयमा मन्त्रिपरिषद्मा छलफल अगाडि बढाएको बताउनु भयो ।

मन्त्री थामीले २५ जिल्लाका गरिवहरुलाई परिचय पत्र वितरणको कार्यक्रम अगाडि बढाउने प्रक्रिया थालिएको बताउँदै परिचय पत्र सँगै गरिवहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषय छलफलमा रहेको बताउनु भयो । अर्को प्रसंगमा बोल्दै मन्त्री थामीले सहकारी ऐनले सहकारी आन्दोलनलाई सम्बोधन गर्ने बताउनु भयो ।

यहिले संसदमा प्रस्तुत विधयक सहकारी मैत्री रहेकाले उक्त विधयक ऐनमा बनेपछि कार्यान्वयनमा लाग्न सबै सहकारीहरुलाई अनुरोध समेत गर्नुभयो । सबै सहकारीहरु सहकारीको सिद्धान्त, मूल्य र मान्यतामा अगाडि बढ्नु पर्ने बताउँदै मन्त्री थामीले सहकारीहरुको विकासमा सरकारले प्राथमिकताका साथ कार्य गर्ने बताउनु भयो ।