केहि दिन अघि विभिन्न अनलाईन साईडमा आएको समाचार किर्ते गरि पोर्चुगल पुगेका नेपाली फिर्ता हुने समाचारको आयोजक युरोपियन संस्थाले खण्डन गरेको छ । संस्थाले नेपालीहरु कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेको भन्ने समाचारमा कुनै आधार नभएको र यो समाचार हल्ला मात्र भएको बताएको छ ।
मैले कुनै नराम्रो काम गरेको छैन म धादिङको मिलनटोलमा सेम्जोङ होटल व्यावसाय गरेर बसेको मान्छे हुँ । मैले कुनै अवैधानिक काम नगरेको तर आफूलाई आधारहिन आरोप लगाएकोमा दुःख समेत व्यक्त गरे । आफू इमान्दारीतको साथ पेशामा लागेको मान्छेलाई यस्तो आरोप लगाएको दुखेसो समेत पोखे । यस भन्दा अगाडि आएको समाचार फेक आईडीबाट आएको समाचार भएकाले यसको पछि नलाग्न सबैमा आग्रह गरेका छन । यदि मैले कुनै नराम्रो काम गरेको भए मलाई जस्तो सुकै सजाय दिए पनि भोग्न तयार छु तर मान्छेको इज्जत र प्रतिष्ठामा आँच आउने गरि यस्तो कुरा आएकोमा गम्भिर आपत्ति समेत प्रकट गरे ।
यस अघि विभिन्न अनलाइन साइडहरुमा किर्ते कागज गरि पोर्चुगल छिरेका तीन नेपाली फर्कदै भन्ने समाचार प्रकाशित भएको थियो । तर त्यो समाचारमा कुनै सत्यता थिएन ।
ति नेपालीहरुले भने जस्तो कुनै नराम्रो क्रियाकलाप र कुनै अवैधानिक कार्य नगरेको संस्थाले दावि गरेको छ । संस्थाले पोर्चुगलको गृह, राजदुताबास र अन्य सम्बन्धित सरकारी निकायलाई पछिल्लो हल्लालाई आधारहीन भएको भन्दै हल्लाको पछि नलाग्नु हुन सबैमा अनुरोध गरेको छ । समाचारमा आए जस्तौ कुनै पनि किर्ते कार्य नरहेको र सबै कार्य कानुन वमोजिम नै रहेको संस्थाले जनाएको छ। ।
यस्तै धादिङबाट काठमाडौंमा आई पर्यटन व्यवसायी ९ टुर एन्ड ट्राभल० गर्दै आएका राम कुमार तामाङ ९ कुमार लामा० ले पनि आफ्नो बारेमा आएको समाचार सबै निराधार रहेको बताएका छन । धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइराला आफ्ना असल मित्र भएको र उनिहरु व्यवहारिक ईमान्दार भएको उनले बताए । उनिहरु पोर्चुगलमा हाँसि खुशि कार्य गरिरहेको छ तर यता आधारहिन कुरा आएको समेत बताए ।
उनले भने मैले कुनै नराम्रो काम गरेको छैन म धादिङको मिलनटोलमा सेम्जोङ होटल व्यावसाय गरेर बसेको मान्छे हुँ । मैले कुनै अवैधानिक काम नगरेको तर आफूलाई आधारहिन आरोप लगाएकोमा दुःख समेत व्यक्त गरे । आफू इमान्दारीतको साथ पेशामा लागेको मान्छेलाई यस्तो आरोप लगाएको दुखेसो समेत पोखे । यस भन्दा अगाडि आएको समाचार फेक आईडीबाट आएको समाचार भएकाले यसको पछि नलाग्न सबैमा आग्रह गरेका छन । यदि मैले कुनै नराम्रो काम गरेको भए मलाई जस्तो सुकै सजाय दिए पनि भोग्न तयार छु तर मान्छेको इज्जत र प्रतिष्ठामा आँच आउने गरि यस्तो कुरा आएकोमा गम्भिर आपत्ति समेत प्रकट गरे ।
आफुले समाचारमा आएको हल्लाको बारेमा आयोजकलाई समेत जानकारी गराईसेको बताए । अहिले सम्म आफुले ठगी होईन व्यवसायमा इमान्दारिता गर्दै आएको बताउदै आफु सहयोगी र समाजसेवा भावनाको मान्छे भएको भन्दै ठगिको आरोपमा प्रमाण देखाउन समेत चुनौति दिएका छन ।
नेपालका कलाकार, संघसस्थासँग आफ्नो सदैव राम्रो व्यवहार रहेको बताए । आफूले वैदेशिक रोजगारमा पठाउनु त टाढाको कुरा आफूले आपत विपतमा परेको मान्छेलाई सहयोग गर्दै आएको बताएका छन ।
उता धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइरालाले पनि समाचारमा आएको विषयले आफुहरु आश्चर्यमा परेको बताएका छन् । साथै कुमार आफुहरुको मित्र रहेको र त्यस्तो नराम्रो क्रियाकलाप थाहा नभएको बताएका छन् । आफुहरु बिच कुनै समस्या नरहेको उनिहरुले बताए ।हामिलाई नै थाहा छैन हाम्रो बारेमा समाचार आएको यो पक्कै हामि बिच फाटो ल्याउनको लागि गरेको अनैतिक कार्य हो उनिहरुले बताएका छन ।
सच्याइको : यस अघि प्रकाशित समाचारमा अन्यथा हुन गएकोमा क्षमा प्रार्थी छौ ।