साझा बस लामो रुटमा गोरखा र बाग्लुङमा चल्ने

Avatar photo
Dhadingpost
बुधबार, अशोज १२, २०७३

धादिङ असोज १२-

sajha-bus

साझा यातायातले काठमाडौंबाट दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको छ । लामो समयदेखि लामो रुटमा बस सेवा बन्द गरेर बसेको साझा फेरि लामो रुटमा जाने तय भएको हो ।

साझाका बसहरु काठमाडौंबाट गोरखा र बागलुङ जाने भएका हन् । असोज १६ गतेदेखि साझाका बसहरु गोरखा र बाग्लुङको रुटमा सञ्चालन हुन लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेनद्रराज पाण्डेयले जानकारी दिए । काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक १-१ वटा बसहरु चल्नेछन् ।

एक दशकपछि साझाका बसहरु लामो रुटमा चल्न लागेका हुन् । यात्रुहरुको सहजताका लागि दशैंको अवसरमा नै बस सेवा सुसरु गरिएको पाण्डेयले बताए । बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछ ।

नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ । गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ ।

टिकटका लागि साझाले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । टिकटका लागि साझाको हटलाइन १६६००१-७७७७७ वा फोन ०१-५५५२६८६ मा पनि फोन गर्न सकिने पाण्डेयले बताए ।

यी रुटमा अब साझाका नियमित बस चल्नेछन् । यी दबुै रुटमा यातायात व्यवस्था विभागबाट साझाले रुट इजाजत पाइसकेको छ । गोरखा र बाग्लुङबाट साझाले काठमाडौंमा पनि यात्रु ल्याउनेछ ।